बढ्यो कोरोना संक्रमणः संकटमा फ्रन्टलाइनर !

कोरोना संक्रमणबाट दैनिक रुपमा १० हजार भन्दा बढी नागरिक संक्रमित भइरहेका छन् भने आधा दर्जन नागरिकले मृत्युबरण गरिरहेका छन् । तर नागरिकको जस्वन रक्षका सन्दर्भमा क्रियाशिल हुनुपर्ने सरकार खोप अभियान स्थगन गरेर मुलुकमा स्वास्थ्य संकटकाल लगाउने र त्यसैको आडमा मुलुकमा लोकतान्त्रिक स्तम्भहरु ध्वस्तपार्दै निरंकुश सरकार सञ्चालनको अभ्यास प्रारंभ गर्ने तयारीमा लागेको देखिएको छ ।
तेस्रो चरणको कोरोना संक्रमणमा खटिएका स्वास्थ्यकर्मीहरु अहिले सबैभन्दा बढी संक्रमित भएका छन् । सिन्धुली जिल्ला अस्पतालमा कार्यरत २१ जना चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भएकाछन् भने सिन्धुली अस्पताल प्रशासनले स्वास्थ्यमा गंभीर संकट देखिए वा अक्सिजन आवश्यक भएमा मात्रै उपचारका लागि अस्पतालमा आउन अपील गरेको छ । अस्पतालको फेसबुक पेजमा अस्पतालमा कुन समयमा को को डाक्टर ड्युटीमा रहेका छन् र स्वास्थ्य संकट देखिए सम्पर्क राख्न भन्दै उनीहरुको मोवाइल नम्बरसमेत सार्वजनिक गरिएको छ । हिजोबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सम्पूर्ण सेवाहरु पनि बन्द गरिएका छन् । जिल्ला प्रशासनमा कार्यरत ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सूचनाजारी गर्दै केही समयका लागि अत्याबत्सक सेवा वाहेक नागरिकता , राहदानी लगायतका काम बन्द गरिएको जनाएको छ ।
यो समाचार तायार पार्दासम्म देशभरमा ३ हजार भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमणको शिकार भएकाछन् ।
जोखिममा सिन्धुली कारागार !
सिन्धुलीका अधिकांश सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोनासँग मल्दिोजुल्दो लक्षण देखिएका बेला ५ सय भन्दा बढी कैदी बन्दी रहेको सिन्धुली कारागार कोरोना संक्रमणको केन्द्र बन्ला कि भन्ने कुराले कैदी बन्दीमा त्रास पैदा गराएको छ । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीका क्रममा कैदी बन्दीले कारागार भित्र कोरोना फैलिएमा त्यसले डरलाग्दो अबस्था निम्त्याउने उनीहरुको भनाई छ ।
सुरक्षा फौजलाई पनि जनस्वास्थ्यकै चिन्ता !
सरकारले कोभिडको बुस्टर डोज लगाउनका लागि कम्तीमा ६ महिना अनिवार्य पुग्नै पर्ने बताएका बेला सिन्धुलीका सुरक्षाफौजले भने सो समय अबधी नपुग्दै बुस्टर डोज लगाएको बिबरण वाहिर आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी वल सिन्धुलीमा कार्यरत जवानहरुले दोस्रो डोज लगाएको ६ महिना पुग्न दुई र एक साता वाँकी रहेका बेला उनीहरुले हाम्रो स्वास्थ्यको जिम्मा हामी आफैं लिन्छौं, खोप लगाई दिनुप¥यो भन्दै खोपकेन्द्रमा पुगेर लगाएका थाहा लागेको छ । खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुले कार्डमा अबधी नपुगेका मानिसहरुलाई फकाएपछि उनीहरुलाई सुरक्षाफौजका कमाण्डरले केटाहरुको जिम्मा हामी आफैं लिन्छौं, तपाईहरुले खोप लगाएर पठाई दिनुहोला भनेपछि मात्रै अवधी नपुगेका सुरक्षाफौजका जवानहरुलाई बुस्टर डोज लगाइदिएको एक स्वास्थ्यकर्मीले सन्देश जनप्रियलाई बताए ।
कोरोनाको तीब्र गति !
पूर्ण मात्रा खोप र अझ बुस्टर डोजसमेत लगाइसकेका स्वास्थ्यकर्मीको निम्ति तेस्रो लहरले घातक संक्रमणको प्रभाव पारेन । ओमिक्रोन भेरियन्ट विगतका कोरोना भाइरसभन्दा तेज गतिमा सङ्क्रामक भए पनि कम घातक भएकोले स्वास्थ्यकर्मीहरूको सङ्क्रमणबाट खराब परिणाम भोग्नुपरेन । तर, स्वास्थ्यकर्मीहरूनैं भाइरसबाट अधिक सङ्क्रमित हुनुलाई भने जनस्वास्थ्य अधिकारीहरुले अनौठो मानेकाछन् ।
संसारभर नै चिकित्सकहरूको ठुलो संख्याले ज्यान गुमाउनुप¥यो । दोस्रो चरणमा भने कतिपय अस्पताल र स्वास्थ्य संस्थामा चुस्त व्यवस्थापनको कारण उच्च जोखिमबीच स्वास्थ्यकर्मीहरू सकभर सङ्क्रमणबाट टाढा रहे । तर, कतिपय अस्पतालमा आवश्यक पूर्वाधार र व्यवस्थापनको कमीले गर्दा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको देखिएको थियो ।
स्वास्थ्यकर्मीमाथि सरकारको लापरवाही !
तेस्रो लहरमा आइपुग्दा संसारलाई कोभिड महामारीबाट जोगिने वैज्ञानिक तरिकाबारे धेरै कुरा थाहा भइसकेको छ । तथापि, धेरै संख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुनु हाम्रो स्वास्थ्य प्रणालीको कमजोरी हो । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको जीवनरक्षामा वर्तमान गठबन्धन सरकारले ठोस कार्ययोजान नबनाएकै कारणले बढेको लापरबाहीले धेरै संख्यामा सङ्क्रमण बढिरहेको तथ्यलाई स्वास्थ्यकर्मीनैं स्वीकारगर्छन् । महामारीसँग लड्न सबभन्दा अग्रमोर्चामा लड्ने सिपाहीहरू नैं सङ्क्रमित हुँदा मानिसले यो लडाइँ कदापि जित्न सक्दैन । स्वास्थ्यकर्मीहरू महामारीविरूद्धको लडाइँका सिपाहीहरू हुन् । उनीहरूको सुरक्षाको निम्ति राज्य गम्भीर हुन जरूरी छ । संसारमा कोभिडको महामारी समाप्त भइसकेको छैन । वैज्ञानिकहरू अझै नयाँ भेरियन्ट फैलिन सक्ने बताइरहेका छन् । त्यसको अर्थ खतराको बादल अझै हटिसकेको छैन । ओमिक्रोन भेरियन्ट कम घातक भएकोले हामीले तेस्रो लहरमा ठुलो क्षति भोग्नुपरेन । तर, भविष्यमा आउनसक्ने भेरियन्ट यही प्रकृतिको हुन्छ भन्ने कुरा ग्यारेन्टी गर्न सकिन्न । त्यसकारण, तेस्रो लहरमा धेरै स्वास्थ्यकर्मी बिरामी भएको अनुभव र कारण पत्ता लगाई हाम्रा स्वास्थ्य केन्द्र र अस्पतालका कमी–कमजोरी सच्याउने प्रयास थालनी गर्नुपर्छ । पहिलो लहरमा मास्क, स्यानिटाइजर आदिको अभाव, दोस्रो लहरमा अक्सिजनको अभाव र तेस्रो लहरमा धेरै संख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएबाट हामीले शिक्षा लिनुपर्छ । समयले सिकाएको यो अनुभवलाई हामीले उपेक्षा नगरौं । राज्य र स्वास्थ्य क्षेत्रका लागि जिम्मेवार निकायले अहिले नै भविष्यमा आउन सक्ने संकटमा स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न अध्ययन, तालिम र पूर्वाधारको बन्दोबस्त गर्न जरूरी छ ।
भनिन्छः बाघ आएको भनी गाउँलेलाई तर्साउने बालकले एक दिन साँच्चै बाघ आउँदा पछुताएको कथाबाट सिक्न ढिलाइ नगरौं । आपत पर्दामात्र हतारमा तयारी गर्ने कमजोरी नगरौं । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न राज्यले गम्भीरतापूर्वक अग्रसरता लिनै पर्ने अबस्था आइसकेको छ । यो समाचार बुधवार प्रकाशित सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।