एमाले कञ्चनपुरकाे अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्।

उनले अर्का उम्मेद्वार वीरबहादुर थापालाई ९८ मतले पराजित गरेका हुन्। बिष्टले २८१ मत पाए भने थापाले १८३ मत पाए।

यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा विजयी भएकी छन्। उनले २५४ मत पाइन् भने उनका प्रतिद्वन्दी महेशप्रसाद पन्तले २०५ मत पाए।

सचिवमा पल्लबराज भट्ट २३३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी अशोक चन्दले २२६ मत पाए। उपसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मत ल्याएर विजयी भएका छन्।