देउवा पक्षको केन्द्रीय सदस्यको प्यानलमा सिन्धुलीका श्याम घमिरे र शुशिला थिङ समेटिए

नेपाली कांग्रेसको संस्थापन पक्षले उम्मेदवारी दर्ता गरेको प्यानलमा सहमहामन्त्री केन्द्रीय सदस्यको कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम समावेश भएको छ ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछामलाई उम्मेदवार बनाएको छ ।

यस्तै, खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई बनाएको देउवाको सचिवालयले जानकारी दिएको छ । त्यसैगरी सिन्धुलीकी महिला नेतृ शुशिला थिङ सभापति देउवाको प्यानलमा जनजाती महिला तर्फको केन्द्रीय सदस्य उम्मेदार बन्नु भएको छ । सिन्धुलीबाट तीन जना केन्द्रीय सदस्यका उम्मेदवार मध्ये घिमिरे र थिङ मात्रै प्यानलमा समावेश बन्नुभएको छ । यो सँगै दुबै जनाको केन्द्रीय सदस्य बन्ने करिव करिव निश्चित देखिएको छ ।