पत्रकार रविन्द्र भट्टराईमाथि र्दुव्यवहार, घटनामा संलग्नलाई कारबाही गर्न प्रेस चौतारीको माग

सिन्धुलीको दुधौली नगरपालिकामा औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी विभाग,विरजगंका कर्मचारीहरुले पत्रकार माथि र्दुव्यवहार गरेका छन् । मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको अनुगमन विभेद र अस्वाभाविक रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न गएका पत्रकार रविन्द्र भट्टराईलाई उनिहरुले र्दुव्यवहार गरेका हुन् ।
जनता टेलिभिजनका जिल्ला सम्बाददाता समेत रहेको भट्टराई दुधौली एफ एमका समाचार प्रमुख हुन । “अनुगमन कर्ताको विभेद अनुगमन र असोभाविक स्वभाव रहेको भन्दै गुनासो आएपछि हेड्स पोलिक्लिनीकमा अनुगमन हुदै गर्दा म त्यहाँ पुगेको थिए, पत्रकार भट्टराईले भने’– मोबाईलबाट पोलिक्लिनीक सञ्चालकलाई भित्र फार्मेसीमा एक्लै लगेपछि भिडियो लिएको थिए, ति कर्मचारीले को हो भन्दै मोबाईल खोसेका थिए ।” भट्टराईले भने –‘त्यहाँका सञ्चालक र उपस्थित प्रहरीले भाई पत्रकार हो भन्दा पनि उनिहरुले मोबाईल खोस्न खोजेका थिए ।’ औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी व्यवस्था विभाग,विरगजंका तिन कर्मचारीहरु सरफराज अहमद खाँ, डा.चन्देश्वर यादव र दिपेन्द्र कुमार शाहले समाचार सकंलन गर्न पुगेका सञ्चारकर्मीहरुमाथि आज र्दुव्यवहार गरेका हुन् । यसैबीच प्रेस चौतारी नेपाल सिन्धुलीका संयोजक बुद्धकुमार आछामीले पत्रकारमाथि भएको र्दुव्यवहारको घटनाप्रति आपत्ती जनाउनु भएको छ । उहाँले समाचार संकलनका क्रममा गरिएको र्दुव्यवहारले स्वतन्त्र प्रेसको खिल्ली उडाएको बताउँदै घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्नुभएको हो ।

No description available.
No description available.
No description available.