सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै दिवस मनाईएको छ । बिहान जनज्योति माध्यमिक विद्यालय फोस्रेटार परिसरमा दुई जना अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर प्रदान गरिएको छ ।

May be an image of 6 people, people sitting and people standing

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य बिनोद खड्का, कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटाले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीले दिवसको अवसरमा नवज्योती माध्यमिक विद्यालय जसेदमारमा अध्ययन गर्ने १२३ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा पोसाक वितरण गरिएको छ । सो विद्यालयलाई सिरकको खोल २० थान, तन्ना ७० थान, सिरानीको खोल १०७ थान बागमती प्रदेश सभा सदस्य विनोद खड्काले विद्यालयका प्रधानाध्यापक विजय तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।

May be an image of 5 people, people sitting and people standing