नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताउनु भएको छ । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताउनु भएको हो । उहाँले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन अन्तिमसम्म प्रयास गरेको बताउनु भयो ।
त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो ।रावलले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।
‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु,’ रावलले भन्नुभएको छ ।











