एमालेको १० औं महाधिवेशनबाट पदाधिकारीसहित केन्द्रीय समिति सर्वसम्मत बनाउन प्रयास गर्छौः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत बनाउन प्रयास गरिने बताउनु भएको छ । बालकोट स्थित आफ्नै निवासमा सिन्धुलीका एमाले नेताहरुको भेटका क्रममा आगामी मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सन्दर्भमा कुराकानीगर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष ओलीले महाधिवेशनसम्म पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरुसमेत सर्वसम्मत बनाउने प्रयास हुने र त्यसका निम्ती सबै नेता कार्यकर्ताको सहयोग जरुरी हुने बताउनु भयो र उहाँले हामी एकतावद्ध र बलियो एमाले बनाउने बाटोबाट अगाढि बढिरहेका छौं, त्यसैले जिल्ला जिल्लाबाट सहयोग गर्न म आग्रह गर्दछु, ओलीले अगाडि भन्नुभयो ।
कुराकानीका क्रममा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले सिन्धुली जिल्लाबाट एमाले एकतावद्ध र बलियो पार्टी बनाउनका लागि सर्वसम्मत रुपमा प्रतिनिधी चयन गरिसकेको र पार्टी अध्यक्षको स्पिडिलाई पक्डेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ । सिन्धुली जिल्लामा एमाले एक ढिक्का र बलियो छ, भन्ने सन्देश पार्टी अध्यक्ष ओलीलाई सुनाएको नेता कटुवालले प्रदेशखबरलाई जानकारी दिनुभयो । अध्यक्ष ओलीलाई भेटनका लागि जिल्ला अध्यक्ष कटुवाल, केन्द्रीय सदस्य उमादेवी कोइराला, वाग्मती प्रदेश कमिटी सदस्य कौशल कोइराला, बाग्मती प्रदेशसभा सदस्य बिनोद खड्का, कमलामाई नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा हुनुहुन्थ्यो ।

May be an image of 3 people, people sitting and people standing
अध्यक्ष ओलीका साथ युवा नेताद्धय बिनोद खड्का र महेन्दैदेव श्रेष्ठ ।
May be an image of 8 people and people standing