पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका दुई दर्जन बढी कार्यकर्ता सिन्धुलीमाढीबाट पक्राउ परेका छन्।
आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।
माढीबजारबाट जिल्ला सेक्रेटरी गाेपाल, विशेष जिल्ला नेता शशी राई, बिधार्थी नेता मिम एडि, युवा संगठनका केन्द्रीय सदस्य तेज लामा, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हाेमराज बसेललगायत २६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ परेको सो पार्टीका एक जिल्ला नेताले बताए। बन्द आव्हानकर्ताहरुले आज बिहानै सिन्धुलाी सदरमुकाममा जुलुस प्रदर्शन गरेका थिए । महंगी बिरुद्ध भएको बन्द आव्हनका कारणले पनि यो समाचार तयार पर्दासम्म सिन्धुली पूर्ण रुपमा बन्द रहेको छ ।











