नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर २ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । एकीकृत माओवादीबाट गएको स्थानिय निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की, नेकपा एमालेबाट वडा सदस्यको प्रत्यासी थलबहादुर थापा मगर लगाएत ६७ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी मोहन प्रसाद बरालले भौगोलिक हिसाबले बिकट रहेको भएपनी बितिजोर बिकासको चरणमा रहेको बताए । उनल ‘सुगम भनिएका साबिकका गाबिसहरुमा पनि सबै ठाउमा विद्युत, सडक, खानेपानिको सुबिधा नपुगिरहेको अबस्थामा बितिजोरले यसको सुबिधा पाइसकेकोले अब शिक्षा र सुशासनको क्षेत्रमा वडाले फड्को मार्नुपर्ने उल्लेख गरे ।
उनले नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर पार्टिलाइ बलियो बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने बताए । अवसरहरुलाई समान रुपमा वितरण गर्ने, नया पुरानो नभनी कोहि कसैलाई भेदभाब नगरि समान अबसरको रुपमा सबैलाई पार्टिभित्र समेट्ने कार्किले बताए ।











