७१ सेमि उचाई रहेका सिन्धुलीका सबैभन्दा होचा डोरवहादुर खपाङ्गीले पाए नेपाली नागरिकता

गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निवासी जिल्लाकै सबैभन्दा होचा १७ वर्षीय डोरवहादुर खपाङ्गीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आज नेपाली नागरिकता प्रदान गर्नुभएको छ ।
आज नागरिकता प्राप्त गरेका खपाङ्गी ७१ सेमि उचाई रहेको थाहा लागेको छ । नागरिकता प्राप्त गरेपछि उनी अत्यन्त हर्षित भएका थिए । आजै उनी घर फर्केका छन् ।