नेकपा एमालेले सिन्धुलीका दुई नगरपालिका र गाउँपालिकामा पालिका अधिवेशनका लागि वडा तहबाट प्रतिनिधी छनोटको प्रक्रिया टुंगो लगाएको छ ।
आज विहान जिल्ला पार्टी कार्यालयमा अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले पालिका अधिवेशनका लागि प्रतिनिधी छनोटको बिधी टुंगो लगाएको हो ।
बिहान जिल्ला कार्यालयमा बसेको बैठकले स्थानीय कमिटीलाईनैं पार्टी सदस्य संख्यामा आधारमा प्रतिनिधी टुंगो लगाउने जिम्मा दिइएको एमाले उपसचिव महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कमलामाई नगरपालिकाले १५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधी छनोट गर्न मातहतका वडा कमिटीहरुलाई निर्देशन दिनुभएको छ । केही समय अघि सर्कुलर जारीगर्दै सम्पूर्ण वडाहरुमा पार्टी सदस्यता नबिकरण गरेका सदस्यहरुको उपस्थिति र सहभागितामा वडा अधिवेशन सम्पन्न गर्न भनिएको छ । त्यसैगरी संगठित सदस्यले मात्रै चुन्न र चुनिन पाउने भन्दै अधिकतम् रुपमा सर्वसम्मत रुपमा र नभएमात्रै निर्वाचन प्रक्रिया मार्फत नेतृत्व छनोट गर्न भनिएको छ । सर्कुलरका अनुसार विषेश अबस्थामा बाहेक एक व्यक्ति एक पदमा मात्रै बस्न पाउने र पार्टीको विधानले निर्दिष्ट गरे बमोजिमको कमिटीको संख्या कायम गर्न भनिएको छ । त्यसैगरी दुधौली नगरपालिकाले १० सदस्य बराबर १ जना पालिका अधिवशेनका लागि प्रतिनिधी छनोट गर्न वडा कमिटीलाई निर्देशन दिएको छ । तीनपाटन गाउँपालिकाल दुधौली नगरपालिकालाई पछ्याउँदै १० बराबर एक प्रतिनिधी छनोटगर्दैछ । त्यसैगरी कम सदस्य संख्या भएको भनिएको ध्याङलेख गाउँपालिमा भने ५ संगठित सदस्य बराबर १ जना पालिका अधिवेशन प्रतिनिधी चयन गर्दैछ । एमालेले निकै लामो रस्साकस्सीपछि प्रतिनिधीको बिधी टुंगो लगाएको हो ।