एमाले सिन्धुलीको सबै वडाहरुमा अधिवेशनको सम्पूर्ण तयारी पुरा, शनिवार बिहान ६ बजे नैं डाकियो जिल्ला कमिटीको बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला संगठन कमिटीले जिल्लाको ९ वटै पालिकाका वडाहरुको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एमालेका उप सचिव महेन्द्र श्रेष्ठका अनुसार पार्टीको प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पठाएको आन्तरिक सर्कुलर अनुसार भोली सिन्धुलीका दुई नगरपालिकासहित ७९ वडामा शनिवार एकै साथ वडा अधिवेशन उद्घाटन हुँदैछ । देशैभरका वडा अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्चुअल माध्यमबाट उद्घाट गर्ने कार्यक्रम रहेको छ ।
मरिण गाउँपालिकाको वडा अधिवेशनमा सिन्धुली जिल्लाका सिनियर नेताहरु सहभागी हुनुहुने भएको छ । वडा नं. २ मा संविधानसभा सदस्य एवम् एमाले वाग्मती प्रदेश कमिटी सदस्य निरु दर्लामी र रामकुमार उप्रेती, वडा नं. ३ मा वाग्मती प्रदेश कमिटी सदस्य गोविन्दलाल माझी, वडा नं. ४ मा वाग्मती प्रदेस सदस्य एवम् जिल्ला सचिव शान्तिमान कार्की, वडा नं. ५ मा वाग्मती प्रदेस सदस्य गणेश बुढाथोकी र केशव देवकोटा वडा नं. ६ मा हरिकुमार स्याङ्तान र वडा नं. ७ मा निरु दर्लामी जानुहुने बताइएको छ । नेता गोविन्दलाल माझीका अनुसार वडा नं. १ को वडा अधिवेशन भने केही दिनपछि गरिने छ ।
त्यसैगरी कमलामाई नगरपालिकाको नगरपालिकाको वडा नं. १ को वडा अधिवेशनमा सोही वडाका जिल्ला कमिटी सदस्यलाई जिम्मेवारी दिइएको छ । वडा नं. २ को वडा अधिवेशनमा एमाले सिन्धुलीका सचिवालय सदस्य नवराज थिङ, वडा नं. ३ को वडा अधिवेशनमा जिल्ला कमिटी सदस्य एवम् सोही वडाका वडाध्यक्ष खड्ग चौलागाई, वडा नं. ४ मा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य शंकरनाथ शर्मा र जिल्ला सदस्य विनोद श्रेष्ठ वडा नं. ५ मा एमालेकी केन्द्रीय सदस्य उमादेवी कोइराला, जिल्ला कमिटी सदस्य हरि अधिकारी, वडा नं. ६ मा यो समाचार तयार पार्दासम्म जिल्लाकमिटी सदस्यहरु गोकर्ण थापा, केशर नेपालीलगायत नेताहरु सहभागी रहने नेता धनश्याम देवकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी वडा नं. ७ मा भने सिन्धुली जिल्लाकै सबैभन्दा धेरै एमालेका प्रदेश कमिटीका नेताहरुको सहभागिता रहने छ । वडा अधिवेशनमा वाग्मती प्रदेशसभा सदस्य बिनोद खड्का, प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, एमाले उप सचिव महेन्द्रदेव श्रेष्ठ, प्रदेशकमिटी सदस्य एवम् सचिवालय सदस्य कर्ण घिसिङ, मेनुका तिमल्सिना र जिल्ला कमिटी सदस्य गंगा कार्की लगायत आधा दर्जन जिल्ला कमिटीका नेताहरुको सहभागिता रहने छ । यता नेता खड्का भने नगरपालिकाको सदरमुकामा रहेका वडाहरु ४, ५ र ६ वडामा हुने अधिवेशनमा समेत सहभागी हुने प्रदेशखवरलाई जानकारी दिनुभयो ।
त्यसैगरी वडा नं. ८ मा जिल्ला कमिटी सदस्य बुद्धि श्रेष्ठ, वडा नं. ९ मा ललित श्रेष्ठ, वडा नं. ९ मा प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरउपप्रमुख मञ्जु देवकोटा, वडा नं. १० मा कैलाश ढुंगेल वडा नं. १३ मा शुक्र बिक र वडा नं. १४ मा रमेश देवकोटा सहभागि हुने थाहा लागेको छ ।
त्यसैगरी दुधौली नगरपालिकामा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, वाग्मती प्रदेश कमिटी सदस्य डम्वर कार्की, लक्ष्णमण कार्की, धनश्याम राउत र जिल्ला कमिटी सदस्यहरु सबैले कार्यविभाजन गरेर आ आफ्नै वडामा विषेश अतिथिका रुपमा सहभागिता जनाउने कार्यक्रम तय भएको बताइएको छ ।
त्यसैगरी तीनपाटन गाउँपालिकाको वडा नं. १ मा एमाले सचिवालय सदस्य एवम् पालिका अध्यक्ष छत्र दाहाल, वडा नं. २ मा हेमवहादुर श्रेष्ठ र मञ्जु दाहाल वडा नं. ३ मा गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ सहभागिता हुनुहुनेछ । त्यसैगरी अन्य वडामा वडामैं रहेका जिल्ला कमिटी सदस्यहरु अतिथीका रुपमा सहभागि बन्नुहुने थाहा लागेको छ ।
त्यसैगरी सुनकोशी गाउँपालिकामा वडा नं. १ र २ मा वाग्मती प्रदेशकमिटी सदस्यहरु कौशल कोइराला, उद्धव कोइराला, वडा नं. ३ मा कमल दाहाल, वडा नं. ४ मा बद्री दाहाल, वडा नं. ५ मा रामकृष्ण श्रेष्ठ, वडा नं. ६ मा पालिका पार्टी सचिव लोकवहादुर थापा र वडा नं. ७ मा वाग्मती प्रदेश कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष अशोक गिरीले आतिथ्यता गर्नुहुने प्रदेश सहकर्मी धनजंग थापाले जानकारी दिए ।
त्यस्तै फिक्कल गाउँपालिकाको वडा नं. १ मा वाग्मती प्रदेश कमिटी सदस्यहरु पार्वती सुनुवार, वडा नं. २ मा खड्ग रजन धिरज, वडा नं. ३ मा जिल्ला कमिटी सदस्य टेकवहादुर रजन, वडा नं. ४ मा बमवहादुर पिठाकोटे, वडा नं. ५ मा वाग्मती प्रदेशसभा सदस्य एवम् पालिका अध्यक्ष धनवहादुर कार्कीले आतिथ्यता गर्ने कार्यक्रम रहेको थाहा लागेको छ ।
त्यसैगरी हरिहरपुरगढी गाउँपालिकाको वडा अधिवेशनहरुमा पार्टीका केन्द्रीय सदस्य कमलजगराईको निगरानी एवम् अनुगमनमा सम्पन्न हुने कार्यक्रम तय भएको पालिका कमिटी अध्यक्ष मानवहादुर वाइवाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अधिवेशनमा क्रमश जिल्ला कमिटी सदस्यहरु सहभागी रहने छन् । जस अनुसार वडा नं. १ मा चमारसिंह घलान, वडा नं. २ मा विजय राई , वडा नं. ३ मा सत्यमान मोक्तान, वडा नं. ४ मा मानवहादुर वाइवा र वडा नं. ५ मा दिपक माझीले आतिथ्यता गर्ने कार्यक्रम छ भने वाँकी रहेका ६, ७ र ८ वडाको वडा अधिवेशन भने कार्तिक १० गते गर्ने तयारी गरिएको छ ।
त्यसैगरी गोलन्जोर गाउँपालिका र ध्याङलेख गाउँपालिकाका वडाहरुमा सोही वडामा रहेका जिल्ला कमिटी सदस्यहरुले आतिथ्यता गर्नेगरी परिपत्र गरिसकिएको उप सचिव श्रेष्ठले उल्लेख गर्नुभयो ।

यसैबीच शनिवार बिहान एमाले सिन्धुली जिल्ला कमिटीको बैठक ६ बजे बस्दैछ । बैठकले पालिका तहमा भएका वडा अधिवेशन र प्रतिनिधी छनोट वारे ठोस निर्णय गर्नेछ ।

May be an image of 1 person and text that says 'న संसारका मजदुरहरु एक होऔ माक्संवाद, लेनिनवाद जनताको बहुदलीय जनवाद जिन्दावाद दक्षिणपत्थी अवसरवाद संगठनात्मक अराजकतालाई परास्त गरा, जबजको मागंदशनमा समाजवादको आधार निर्माण गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाऊँ /वडा पालिका, सिन्धुली प्रमाण-पत्र पत्र कमरेड यहि मिति २०७८ साल कार्तिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पूर्ण सफलताको शुभकामना सहित यो गते ऐतिहासिक तथा भव्य रुपमा सम्पन्न भएको /वडा पालिकाको .....पदमा निर्वाचित हुनु भएकोले कार्यकालको प्रदान गरिएको छ नाम: कमिटी: प्रमुख: निर्वाचन कमिटी नाम: सदस्य निर्वाचन कमिटी पद सदस्य निर्वाचन कमिटी'
निर्वाचितहरुका लागि वितरण गर्न एमालेले तयार पारेको प्रमाणपत्र । फोटोः सन्देश जनप्रिय