बुद्ध आछामी, हैवार मध्यपहाडीः अबिरल बर्षाका कारण मङ्गलबार बिहानैबाट अबरूद्व बनेकाे मध्यपहाडी राजमार्ग हैबार खण्ड ३० घण्टा पछि बुधबार दिउसाे ४ बजेबाट सुचारू भएकाे छ । साेमबार राति देखि भएकाे अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्काेट-घुर्मी सडक खण्ड अन्तरगत हैबार, कालिआप, नवलपुर लगायतका स्थानमा सडक अबरूद्व हुन पुगेकाे थियाे ।

चाडबाड सकेर राजधानी भित्रन लागेका तथा दशैकाे अन्त्यमा आफन्तजनसँग आर्सिरवाद थाप्न हिडेका सयाैकाे संख्यामा रहेका सवारी साधन तथा हजाराैं यात्रीहरू ३० घण्टा देखी बिच बाटाेमै अलपत्र परेका थिए । अबरूद्व राजमार्ग मध्यपहाडी सडक आयाेजना तथा गाउँपालीकाकाे सक्रियतामा २ वटा जेसिबी मेशिनकाे प्रयाेग गरि बुधबार दिनभरि पहिराे हटाएपछि सञ्चालनमा आएकाे वडा अध्यक्ष पुरूषाेतम श्रेष्ठले जानकारी दिए । अझै पनि वर्षा हुन सक्ने संभावना रहेकाले सडककाे अवस्था बुझेर मात्र यात्रा गर्न श्रेष्ठले आग्रह गरेका छन ।

पहिराे क्षेत्रका महत्वपुर्ण सम्पर्क नम्बरहरू गाउँपालिका अध्यक्ष – पुष्पबहादुर कार्की(९८५४०४२६१८) वडा अध्यक्ष- पुरूषाेतम श्रेष्ठ(९८४४०८१३८७) इ.प्र.का खुर्काेट-९८५४०९०१२५
