कमलामाई नगरपालिका वडा नं. ५ निवासी ३७ वर्षीय युवा प्रकाश राई (पिके) माथि गए राती करिव १२ बजे खुकुरी प्रहार भएको छ । समाचार स्रोतका अनुसार राईलाई बिबिसी रेष्टुरेन्टमा खाना खान बोलाएर लगिएको र लामो बसाईको क्रममा झगडा भएपछि राईमाथि खुकुरी प्रहार भएको बताइएको छ ।
सो घटना कमलामाई नगरपालिकाको खट्टारमा रहेको बिबिसी रेष्टुरेन्ट अगाडि भएको थियो । घटनास्थलका फोटोहरु अहिले सामाजिक सञ्जालमा फाइरल भएको छ भने सो होटलका सञ्चालक दिपेन्द्र बुढाथोकी फरार रहेको प्रहरीले बताएको छ । घटनामा राईको टाउको तथा हातमा गंभीर चोट लागेको सुरक्षा स्रोतले बताएको छ । घाइते राईलाई हिजो रातीनैं थप उपचारका लागि घाइतेको धुलिखेल अस्पतामा लगिएको छ ।
घट्नाका सम्बन्धमा बुझ्न प्रहरीले २ जनालाई पक्राउ गरेको छ सुरक्षा स्रोतले जानकारी दिएको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको पारिवारका सदस्यहरुले जानकारी दिएकाछन् ।











