पार्टी विभाजन गर्ने र अध्यक्ष नेतृत्वको सरकारलाई असफल पार्ने षडन्त्र पुरा हुन दिन्नौंः प्रदीप कटुवाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले अहिलेको अबस्थामा फार्टी विभाजन गराउने, पार्टी नेतृत्वलाई खुइल्याउने र सरकारको नेतृत्वलाई अप्ठेरो पारेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुको सपना पुरा गर्न आफुहरुले नदिने बताएका छन् ।
प्रदेशखवर सँग संक्षिप्त कुरागर्दै नेता कटुवालले देशी विदेशीको इशारामा पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई असफल पार्ने र पार्टीलाई विभाजन गराउने षडन्त्रहरु भएको बताउँदै सिन्धुली जिल्ला पार्टी संगठनले त्यस्ता षडयन्त्रलाई परास्त गर्न तमाम पार्टी कार्यकर्ता र नेताहरु सक्रिय रहेको उल्लेख गरेका छन् । उनले नेपाली जनता एक ठिक्का भएको कम्युनिष्ट पार्टी र उसकै सर्वोच्च नेताकै नेतृत्वमा सरकार सञ्चालन होस् भन्ने चाहिरहेकाले षडयन्त्रकारीहरुको चाहनालाई कहिल्यै पुरा हुन नदिने सचिव कटुवालले बताएका छन् ।