कांग्रेसका युवा नेता उज्वलकुमार थापाद्धारा नगरसभापतिमा उम्मेदवारी घोषणा, कांग्रेसलाई मनमनमा बस्ने बनाउने उद्घोष

नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा साथीहरु र जिल्ला पार्टी नेतृत्वले नगरसभापतिमा उम्मेदवार बन्न आग्रह गरेकाले आफु कमलामाई नगरपालिकाको सभापति बनेर पार्टीलाई नेतृत्व प्रदान गर्न लागेको बताउनुभयो । उहाँले प्रदेशखवरसँग भन्नुभयोः मेरो उम्मेदवारी नेपाली कांग्रेसलाई जनताको मतभित्र बसाउनका लागि र निष्ठाको राजनीतिलाई स्थापित गराउन केन्द्रीत हुने बताउनुभयो ।
स्मरणीय छः नगरपालिका वडा नं. ६ मा नेपाली कांग्रेसका तर्फबाट अत्याधिक मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित हुनुभएका युवा नेता थापा वडाध्यक्षहरु मध्ये सबैभन्दा अब्बल मानिनुहुन्छ ।