सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी हुँदैनः सचेतक चौधरी

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अढाइ बजे बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ ।

आफ्ना १४ जना सांसदलाई पदबाट बर्खास्त गरेको सूचना सभामुखले प्रकाशित नगरेसम्म त्यस्तो बैठकमा सहभागी हुनुको अर्थ नरहेको एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले बताइन् ।

‘बैठकमा पार्टी सहभागी नहुने कुरा छ, हाम्रा १४ सांसदलाई बर्खास्त नगरिएसम्म त्यस्तो बैठकमा सहभागी हुनुको अर्थ पनि छैन,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘अहिलेको विवाद अन्य दलहरूसँग होइन, सभामुख र एमालेबीचको हो । त्यसैले अन्य दलसँग बस्नुको औचित्य पनि छैन ।’

पार्टीले आधिकारिक रूपमा सभामुखको राजीनामा मागेको जानकारी आफूलाई नभएको चौधरीले बताइन् ।