प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ।
छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन्।
भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ।
आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले नारावाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। सदन रोकिएको समयलाई सदुपयोग गर्दै छलफलका लागि एमाले सांसद सभामुखको च्याम्बरमा पुगेका हुन्।