सरकारले आजबाट बस्ने संसद बैठकबाट एमसिसि पारित गराउने तयारी गरेपछि त्यस बिरुद्ध आन्दोलन चर्केको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको मीनभवन क्याम्पस अगाडि प्रदर्शन भएको छ । उन्मुक्त पुस्ताको आह्वानमा युवाहरुले बुधबार प्रदर्शन गरेका हुन् । एक दर्जन प्रदर्शनकारी पक्राउ परेकाछन् । एमसिसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने तयारी रहेका बेला युवाले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनकारीले सुमार र एमसिसीको विरोध गरिएका प्लेकार्ड बोकेका थिए । सरकारले विदेशी दातृ निकायको विरोध नगर्न चेतावनी दिए पनि दिनहुँ जसो एमसिसीविरुद्ध प्रदर्शन हुँदै आएको छ । बुधबार नै एसमिसीको विरोधमा नयाँ बानेश्वरमा पनि प्रदर्शन भइरहेको छ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरि परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भएको हो ।











