नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ४ को वडा भेला तथा बैठक हिजो सकिएको छ । वडाध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता एवम् एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाको प्रमुख आतिथ्यतामा भएको बैठकले पार्टी र संगठनलाई चलायमान बनाउँदै जनसम्बन्ध सुदृढ गर्ने निर्णय गरेको हो । कार्यक्रममा एमाले नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।










