जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।
काठमाडौंको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी बैठकले सरकारमा सहभागिता बारे निर्णय गर्नेछ।
आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुनेछ।











