लामो विवादपछि आज तीनपाटनको गाउँपरिषद बैठक बस्दै

निकै लामो विवादपछि अन्तत आज तीनपाटन गाउँपालिकाको गाउँपरिषद बैठक बस्दैछ । गाउँपालिकाको प्रशासनिक भवन पुरा नहुँदै गाउँपालिका अध्यक्ष कर्णवहादुर मगरले डेढ करोड भन्दा बढी रकम बिनियोजन गर्न दबाब दिएपछि बहुमत कार्यपालिका सदस्यहरुले त्यसलाई अस्वीकार गरेपछि कार्यपालिका बैठक बस्न सकेको थिएन ।
कार्यपालिका सदस्यहरुले पटक पटक बैठक बस्न ताकेता गरेपनि निर्माणाधिन पालिकाको भवनलाई रकम बिनियोजन गर्ने बाचा नगरेसम्म बैठक नडाक्ने बताउँदै आएका थिए । पालिका सदस्यहरुले अहिलेनैं निर्माणाधिन पालिका भवनलाई रकम बिनियोजन गर्नु गैर कानूनी भएको र बन्दै नबनेको ऐन र कार्यविधीलाई उल्लेखगर्दै अध्यक्षले विज्ञप्ती प्रकाशन गरेपछि त्यसलाई प्रतिवादगर्दै बहुमत सदस्यले अध्यक्षले किर्ते निर्णय गरेको भन्दै अर्को बयान जारी गरेका थिए ।
अध्यक्ष मगरले सन्देश जनप्रिय साप्ताहिकलगायतका सञ्चार माध्यममा समाचार विवरणहरु प्रकाशन भएपछि आज विहान ११ बजेको लागि बैठक बोलाएका हुन् ।