सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको शितभण्डारको आज बागमती प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, बागमती प्रदेशसभा सदस्य राजन दाहाल र सुनकोशी गाउपालिका अध्यक्ष दिपा दाहालले अनुगमन गरेका हुन् ।
करिव ५ सय मेट्रिक टन क्षमताको दुई तले शितभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएको छ ।
शितभण्डारको निर्माण कार्य अहिले सम्म करिव ८५ प्रतिशत सकिएको हो । बाँकी काम छिट्टै सम्पन्न गरी अबको एक महिना भित्रमा बागमती प्रदेश सरकारले स्थानिय सरकारलाई उक्त शितभण्डार हस्तान्तरण गर्ने तयारी भएको सुनकोशी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपानेले जानकारी दिए ।