बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ। त्यो कुनै संयोग होइन।
चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम...
अमेरिकाले हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ ।
महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब बढाएको हो ।
इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा आउँदो सेप्टेम्बरको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर’ अर्थात थप मात्रा नलगाउन अपिल गरेको छ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विकसित देशमा खोपको पूर्ण मात्रा लगाएकाहरुलाई थप सुरक्षाका लागि बुस्टर मात्रा लगाउने योजना तत्कालका...
अमेरिकाले लगाएको छलीको आरोपका कारण क्यानडामा पक्राउ परेकी चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ चीन प्रस्थान गरेकी छन्।
अमेरिकासँग भएको सम्झौतापछि मेङ स्वदेश फर्किएकी हुन्। मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो।
अमेरिकाको आग्रहमा...
रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिनमा प्रवेश गरेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँगभनेका छन्। यूकेले रुसी अतिक्रमणयता युक्रेनी नेतृत्वको प्रशंसा गरेको छ। लडाइँमा आइतवार “कठिन समय” भएको भन्दै युक्रेनी...
प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो।
प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव...
सिन्हवाः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को बैठकले सम्पत्ति बजारलाई स्थायित्व दिनुपर्नेमा जोड दिएको छ । बिहिवार बसेको बैठकले सम्पत्ति बजारमा विश्वास जगाएको छ, र यो नवीकरणको आशावादले आगामी दिनको अर्थतन्त्रमा वृद्धि हुने अपेक्षा गरिएको छ ।केन्द्रीय समितिको राजनीतिक ब्यूरोले...
वासिङटन: अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबरहरू आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा...
न्युयोर्क- कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वका धेरै देशले लकडाउन लागू गरिरहेका छन्। जनतालाई घरमै बस्न आग्रह गरिएको छ।
मानिसबीच भेटघाट हुँदा भाइरसको संक्रमण सर्ने र फैलने भएकाले लकडाउन अधिकांश देशका लागि निर्विकल्पजस्तै बनेको छ। भाइरसविरुद्धको औषधी पत्ता...
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।
विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ।
उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन...












