बाँकेमा घट्दैछ संक्रमण, खाली हुँदै अस्पतालका बेडहरु

सेती प्रादेशिक अस्पताल धनगढी, फाइल फोटो: प्रदेशखवर अनलाईन

तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन्। जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन्। त्यसपछि घट्दै घट्दै गएको छ। जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ।

जिल्लामा भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ। जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार, अस्पतालहरुमा आएर कोरोनाका चिन्ह लक्षण देखिएका व्यक्तिले परीक्षण गर्ने गर्दथे। जेठदेखि यो संख्या घट्दै गएको छ।

परीक्षण गर्ने र संक्रमण दर घट्दै गएपछि अस्पतालका बेडहरु खाली हुँदै गएका छन्। बाँकेमा अस्पतालहरुमा कोरोनाका लागि छुट्याइएको ८० प्रतिशत बेड खाली भइसकेका छन्।

जिल्लामा सक्रिय संक्रमित सय भन्दा कम भइसकेको छ। केही दिन यता चौविस घण्टामा एक/दुई जनाको मृत्यु हुने गरेको छ। पछिल्लो पटक स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का ४९ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।

जेठ २० गते पीसीआर गरिएका उनलाई २५ गते अस्पतालमा भर्ना गरिएको थियो। बाँकेका अस्पतालमा बाँके निवासी र बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या बराबरीजस्तै देखिएको छ।

वैशाखमा यो संख्या ह्वात्तै बढ्यो। कोरोनाबाट बाँकेका ३ सय १० र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय ४४ जनाको मृत्यु भएको छ । मृत्यु संख्यामा कहिले बाँके अगाडि त कहिले बाहिरी जिल्लाका अगाडि हुने गर्दथ्यो। पछिल्लो समयमा बाँकेमा बाहिरी जिल्लाबाट आएका संक्रमितको धेरै मृत्यु भएको छ ।