युरोकपमा स्वीडेनको पहिलो जित

युरोकपमा स्वीडेनले स्लोभाकियालाई १-० गोल अन्तरले हराएको छ ।

शुक्रबार समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएपनि ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै एमिल फोर्सबर्गले गरेको गोलले नै स्वीडेनलाई बिजयी बनायो । पहिलो खेलमा स्वीडेन स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

जितसँगै दुई खेलमा ४ अंक जोडेको स्वीडेनको नकआउट प्रवेशको सम्भावना प्रवल बनेको छ ।