सिन्धुलीमा कोरोना सङ्क्रमितको सङ्ख्या २५३ पुग्यो

सिन्धुलीमा शुक्रबार बेलुका सम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २५३ पुगेको छ । बिहीबार सम्म १६३ जना सङ्क्रमित रहेकोमा एकै दिन ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षणका आधारमा सङ्क्रमण दर ५० प्रतिशत भन्दा माथि रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले जानकारी दिए ।

उहाँका अनुसार जिल्लामा दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा सङ्क्रमण उच्च रहेको छ । अव सिन्धुली अस्पतालले सङ्कलन गरेको ३०, कमलामाईको ११, सुनकोसीको ३४ र मरिण गाउँपालिकाबाट सङ्कलन भएको ८ वटा स्वाबको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।