पत्रकार बन्धुहरु ! कोरोना भाइरसका ब्राजीलियन यूके र इण्डियन भेरिएन्ट भन्दा तपाईंहरु आम नागरिकका लागि खतरनाक बन्दै हुनुहुन्छ

सम्मानित संपादकगण, मीडियाकर्मी पत्रकार बन्धुहरु ! के तपाईं हरुलाई विदित छ कोरोना भाइरसका ब्राजीलियन दक्षिण अफ्रीकी यूके र तमाम घातक इण्डियन भेरिएन्ट भन्दा तपाईंहरु आम नागरिक का लागि खतरनाक बन्दै गई राख्नु भएको छ ।महाशयहरु एउटा स्वस्थ व्यक्ति कुन दिन कोरोना संक्रमित हुन्छ, हुन्छ अथवा हुन्न यसबारे शायद पशुपतिनाथको कम्प्यूटरमा पनि कुनै डेटा छैन ।

कोरोनाका नयाँ भेरिएन्ट जति सुकै घातक भए पनि (स्मरण रहोस भाइरसका नया भेरिएन्ट प्रसार दरका मामलामा पहिलाको कोभीड़ 19 भन्दा शक्तिशाली छ तर मोर्टलिटीमा यो कोभिड 19 भन्दा घातक छैन ) यसले विश्वको 5 -7 प्रतिशत जनसंख्या भन्दा बढ़ीलाई संक्रमित बनाउन सक्दैन । नेपालमा पनि यही नियम लागू हुन्छ ।नयाँ भेरिएन्टको मृत्यु दर बढ़ीमा 2 प्रतिशतमैं सीमित रहन्छ ।

हो तपैहरूका गतिविधिले भने नेपालमा मृत्यु दर बढ़ने संकेत देखा परेका छन । विश्वभरी कोरोना संक्रमणका भई रहेका विभत्सव गति विधिका समाचार पसकेर तपाईंहरु आम नेपालीको मनस्थिति कमजोर बनाउदै हुनुहुन्छ । के महामारीको बेला तपैहरूको कर्तव्य यही हो ? भारतका ब्राजीलका मशानका तस्वीर दिएर तपाईंहरुको टीआरपी त बढ़ला ,तर के सोचनु भएको छ यस कृत्यले सर्व साधारणको साइक्लोजीमा के कस्तो असर पर्छ? मानिस को आत्मविश्वास नै रोग सॅंग लड़ने अचूक औषधि हो ,कृपया मानिसको आत्मविश्वास कमजोर हुने खाले समाचार प्रकाशनमा अविलम्ब रोक लाउनुस । दिनमा कोरोना विषयक 10-20 समाचार प्रकाशित नगर्नुस । आतंक त्रास भय फैलाउने खाले घटना घटित भए पनि प्रकाशन नगरी समाजको मनोबल कायम रहन सहयोग गरी दिनुस । याद गर्नुस यस्ता समाचार प्रकाशित गर्दा तपैहरूको अन्तर्मनमा पनि भयले बास गरिरहेको हुन्छ । र भयग्रस्त मानिस आफु स्वयं बिपत्तिमा पर्दा उसॅंग विपत्तिको मुकाबिल गर्ने बल क्षीण भईसकेको हुन्छ । आत्मबल हुने जो कोही मानिसले सजिलै कोरोना संक्रमणलाई परास्त गर्न सक्छ ।

तसर्थ कुनै पनि नेपालीले आफ्नो सामाजिक मर्यादा र दायित्व स्मरण गरी समाजको मनोबल घटाउने गतिविधि नगरी दिन हुन आग्रह गर्छु । कोही पनि संक्रमित हुने व्यक्तिले किंचित पनि डर मान्नु हुन्न । घरमै आइसोलेसनमा बस्नुस । संक्रमित भएका 100 मध्ये 5 जनालाई पनि अस्पताल जाने नियति भोगनु पर्दैन । कोही पनि संक्रमितले मसॅंग जुन बेला पनि परामर्श हेतु सम्पर्क गर्न सक्नु हुन्छ । डाक्टरहरु, नर्सहरु , विभिन्न स्वास्थ्यकर्मीहरु रात दिन केही नभनी बिरामीको सेवामा खटीएका छन । उहाँ सबैजनाको सम्मान गरौ, उहाँहरुलाई सहयोग गरौ। सकेसम्म अस्पतालमा चाप बढ्न नदिउ ।केही समयमा नै कोरोना भाइरस आफै शिथिल हुन्छ । कोरोना भाइरस सक्रिय भएको बेला सचेत बनी यसको सामना गरौ ।

यो सामाग्री लेखकको सामाजिक सञ्जाल फेविुकबाट साभार गरिएको हो ।