सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

सरकार र नेत्रविक्रम चन्द समूहबीच तीन बुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् ।  विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीन बुँदे सहमतिका कारणले उत्साहित भएका हुन् । 

चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने, देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका–१ स्थानीय रामबहादुर शाहीले बताए । “देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, उनले भने, “सरकार र चन्द समूहबीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।”