प्रधानमन्त्रीलाई भेट्न नेकपा महासचिव विप्लव बालुवाटार प्रवेश

शान्तिपूर्ण राजनीतिमा आउन तयार नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’ 

शुक्रबार सार्वजनिक भएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेटेका छन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । हस्ताक्षर समारोह सुरु हुनुअघि उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए ।