एसपी तिल्सिनाको संवाददाता सम्मेलनः वालिका बलात्कारी देखी लागुऔषधका अभियुक्तहरु सार्वजनिक

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज संवाददाता सम्मेलनको आयोजनागरी बालिका बलात्कार तथा लागु औषध ओसार पसारमा संलग्नलाई सार्वजनिक गरेको छ ।
संवादादाता सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले निकै आफु सिन्धुली जिल्लामा आएपछिको एक महिने अवधीमा वालिका बलात्कारमा फरार रहेका अभियुक्त देखी लागु औषध ओसार पसारमा संलग्नको लहरानैं पक्राउ गर्न सफल भएको बताएका थिए । उनले दबाब र प्रभावमा कानूनी कारबाही नरोकिनेसमेत प्रष्ट पारेका थिए ।