खोला,माछा र गॅंगटा

शान्तिमान कार्की

शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन।एकदिन , खोलाले उसलाई नजिकै बोलाएर ,’हेर! गगटा भाईकि तॅं पाखैमा बस!कि खोलामा मात्रै बस, यसरी पाखा र खोलामा ओहोर दोहोर नगरेस’ तेरो कारणले हामी समेत जोखिममा पर्छौ भनेछ ,माछाले पनि खोलाको कुरा ठिक हो भनेर सहि थापेछ।

गगटाले उनिहरुको कुरालाई एक कानले सुनेर अर्को कानले उडाउदै ‘तिमरु ग्वागाहरुलाई के थाहा छ? म त पाखामा गएर पनि मिठोमिठो खाएर आउछु , होनहार मान्छेको खेतका गरागरा पनि डुल्छु , भनेछ ।आफ्नो शरिरको बखान गर्दै “तिमरु जस्तो हो मेरा त दस वटा हातखुट्टाले गर्दा धेरै ईष्टमित्र पनि छन् ,एकै ठाउ बसिरहन मिल्दैन,जहापनि जान्छु मुर्ख-भत्तुहरु ,भनेछ ।

गॅंगटाको जिद्दीपनबाट दुखित भएर, ‘होस गर भाई भनेको मान ! दशा लागे पछि बुद्दि बिग्रिनछ भन्थे बुढापाकाहरु ,भन्दै माछा पनि खोला संगै हिडेछ। दुबैले गॅंगटाको दम्भले दुखीएका कुरा गरेर माछा आफ्नो कुरमा गएछ।मध्यरातमा गड्यांगगुडुंग गरेर ठुलो पानी पर्यो। खोलाले सुसेली हालेर बोलाको सुनेर माछा पौडिदै खोला छेउ पुगेर किन बोलाको भनेर सोधेछ ।

बाढी आउदैछ ठुलो ढुंगाको कुर भित्र बस ,म बाहिरैबाट बगि दिउला ,भनेर माछालाई ढुंगाको भित्री चेपमा पठायो।बाढी उर्लेर आको सुनेर गॅंगटा धरखरिदै पाखा तिर भाग्यो । उ पाखामा पुग्नु भन्दा अगाडी नै बाढी आउछ भन्ने थाहा पाको न्याउरी मुसो झाडीको डिलैमा लुपुक्क बसेको थियो ।

गॅंगटा खटरखटर गरेर आको देख्ने बितिक्कै दुई दिनको भोको न्याउरीले जोडले जगर र पुच्छर फिजाएर किच्च दारा देखाएर बसेको देख्ने बितिक्कै डराएको गॅंगटाले डिलबाट झ्वाम्लाॅंगै उर्लेको बाढीमा हाम्फालेको गॅंगटाले खोलामा कतै टेक्न समाउने ठाॅंउ भेटेन ।

बाढीको धमिलो पानीले गॅंगटालाई कता पुर्यायो कसैले पनि देखेन।बिहान भयो,बाढी पनि घट्यो खोलाले माछालाई बाहिर आाउ भनेर बोलायो । धमिलो पानीमा डराउदै माछाले खोला छेउ आएर भन्यो धन्यबाद खोला! तिमीले मेरो ज्यान जोगाई दियौ,माछाले मलिन स्वरमा खोलालाई सोधेछ,’हैन त्यो गॅंगटा कता छ ?माछाको कुरा सुनेर,खोलाले सुसाउदै डिलडिल र पहरा छहरामा गदल्याॅंग गुद्लुॅंग गर्दै गॅंगटालाई खोज्दै हिडेछ , तर गॅंगटा कतै भेटिएन । अझै पनि दिनमा सुसाउने नदिले त्यसै गॅंगटोलाई खोज्दैछ भन्ने किम्बदन्ती छ। (यो हामीले सामाग्री नेकपा सिन्धुलीका नेता कार्कीको फेसवुकबालबाट साभार गरेका हौं ।-सम्पादक)

LikeLikeLoveHahaWowSadAngryCommentShare

Comments

View 3 more comments

  • Shambhu Dahal गंगटा प्रवृतिहरूलाई चेतना भया !Hide or report this
  • Bharat Gautam जाे जससंग सम्बन्ध राख्दछ !Hide or report this
  • Pradip Katuwal कथा जानकारी मुलकछ।Hide or report this
  • Laxman Shrestha Hamra hathi swabhab vvip jyu haruko gangatako sobhab sanga milxa ki k ho.Hide or report this
Pradesh Khabar Dainik

Write a comment…