प्रचण्डको अस्तित्व केपी ओलीले जोगाईदिएको हो: केन्द्रीय सदस्य बिषमलाल अधिकारी दनुवार

सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।
सरकारले चालेको कदम अग्रामी भएको बताए । जनताको बिचमा गएर फैसला गर्ने बिषय अग्रगामी हो, सडकमा जानेहरू नै प्रतिगामी हुन । उनले प्रचण्डको अस्तित्व केपी ओलीले जोगाईदिएको बताउँदै चुनाबमा बाम गठबन्धन नगरेको भय माओवादी एक अंकमा सिमित हुने बताए । छोरी जिताउन सुर्यको मत च्यात्ने प्रचण्डलाई फेरि सुर्य चिन्ह नै चाहिनु हतास मानसिकताको उपज हो ।
१८ बुदे आरोपत्र तयार पारेर प्रचण्डले फुटको बिजारोपण गरेको बताए । केपि ओलिको तुलनामा प्रचण्ड राष्ट्रवादी हुनै सक्दैन्न ।

No description available.


त्यस्तै भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा जिल्ला सह(इन्चार्ज उमा कोइरालाले फिक्कल गाउँपालिकाले बिभाजनलाई बहिस्कार गर्दै एकताबद्द रहेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । पुर्व एमालेसँग पार्टी एकता नभएको प्रचण्ड सडकमा हुने बताउदै केपि ओलीसँग निउ खोज्दा फेरि सडकमा पुगेको कोईरालाले बताईन । प्रचण्डसँग केही नेता भएपनि कार्यकर्ता र जनता नभएको उनको दाबि थियो । प्रचण्डले डाक्टर र बैध छाडेर झाक्रि लिएको बताउदै झाक्रिले प्रचण्डलाई थेग्न नसक्ने बताईन । झाक्रिले सम्मानित संस्थाको बिरूद्द अभिब्यत्ति दिएर आफ्नो ओझ घटाएको उनको भनाई थियो । नेपाल आमाको रक्षा र नेपाली जनताको सबृद्दिको लागि ओलि नेतृत्वको सरकारले काम गरिरहेको बताउँदै आन्दोलन होइन सबृद्दिको अभियानमा जुट्नु पर्ने बताइन । जनताको साथ छोड्ने जनप्रतिनिधी लाई गाउँ पस्न नदिन समेत उनले आग्रह गरिन ।
वडा पार्टी कमिटी सचिब लिलाधर पहाडीको अध्यक्षतामा भएको भेलालाई फिक्कल गापा इन्चार्ज खड्ग रजनमगर, गाउपालिका अध्यक्ष धन बहादुर कार्की, सह(इन्चार्ज पार्वति सुनुवार, नेकपा गाउँपालिका अध्यक्ष राम प्रसाद भण्डारी, सचिब हेम प्रसाद पहाडी, प्रेस संगठन सिन्धुलीका संयोजक बुद्धकुमार आछामी, सिन्धुली काठमाण्डौ सम्पर्क मञ्चका सचिब बिक्रम काफ्ले लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

No description available.

-प्रदेश संवाददाता