आजको आबश्यकता आन्दोलन होइन, विकास र सम्वृद्धि हो, त्यसैले बेलैमा आफ्नो घर फर्किनुस्: बराल अध्यक्ष


फिक्कल. सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी९नेकपा० जिल्ला सदस्य तथा फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष राजु बरालले नेतृत्वले कुर्सीका लागि कम्युनिष्ट पार्टी बिभाजन गरेको बताएका छन् । फिक्कल गाउँपालिका वडा न २ को नेकपा भेलालाई सम्बोधन गर्दै उनले जनता, कार्यकर्ता र नेतृत्वहरूको चाहाना बिपरित केही अंहकारी नेतृत्वको स्वार्थ पूरा गर्न पार्टी बिभाजन गरिएको उनको तर्क गरे । उनले बिभाजनकारीहरूले भ्रम सिर्जना गर्न खोजेको बताउँदै अबसरवादीहरूको भ्रमका पछाडि नलाग्न समेत आग्रह गरे ।
फिक्कल गाउँपालिकामा नेकपा एकीकृत रहेको बताउँदै अध्यक्ष बरालले सडक, शिक्षा, बिजुली फिक्कल बिकासको पुर्वाधार । कृषि, बन, पर्यटन सबृद्दिको मुल आधार भन्ने मुल नारालाई साकार पार्न आफुहरू एकजुट भएर लागिरहेको बताए । आजको आबश्यकता आन्दोलन नभएर बिकास र सबृद्दि भएकाले घर छाडेका नेताहरूलाई बेलैमा घर फर्कन आग्रह गरे ।-बुद्धकुमार आच्छामी