प्रधानमन्त्री ओलीको पक्षमा खुले भिमदत्त र अमरगढीकाका मेयर

भिमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र डडेल्धुराको अमरगढीका मेयर बिपिन ओझा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । विष्ट पार्टी एकिकरणअघि नेकपा एमालेको कंचनपुर जिल्ला सचिवको जिम्मेवारीमा थिए ।

कंचनपुरको नेकपामा बलियो संगठन भएका भनेर चिनिएका नेता विष्ट ओली नेतृत्वको नेकपाकामा खुलेसंगै कंचनपुरमा ओली समुह मजबूत हुने देखिएको छ । यसअघि जिल्ला अध्यक्ष रहेका विरबहादुर थापा समेत ओली समुहमा लागिसकेका छन् ।

विष्टलाई जिल्ला सचिवको जिम्मेवारी दिने तयारी छ । उनले आजै प्रधानमन्त्री ओलीलाई भेटेर औपचारिक घोषणा गर्ने कार्यक्रम छ ।

दुई जना मेयर थप आफ्नो पक्षमा खुलेपछि सुदूर पश्चिम प्रदेशमा नेकपा ओली समूह उत्साहित भएको छ । सुदूर पश्चिमका ८८ तहमध्ये ४८ तहमा नेकपाका प्रमुख थिए । यतिबेला नेकपा ओली र नेकपा माधव प्रचण्ड समूहबीच स्थानीय तहमा कडा टक्कर छ । २३र२३ तहमा दुबै समूहमा प्रमुख छन् । उपाध्यक्ष तथा उपमेयर भने ओली समूहमा बढि छन् । दुई जना प्रमुख अझै खुलेका छैनन ।