सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।
विहान बेलुकाको समयलाई उनले गाउँका अन्य किसानहरु जस्तो गफ गरेर बिताउने फुर्सदनैं छैन । राजनैतिक रुपमा सत्तारुढ नेकपामा संवद्ध उनलाई पार्टी विभाजनको पिडाले त छोएको छ तर उनले त्यसलाई महत्व पनि दिएका छैनन् । आफ्नो वर्षे बालीको रुपमा रहेको जुनार सुन्तलालाई थन्क्याउने अर्थात टिप्ने र आफ्नै ७ लाख लगानीमा बनाएको मिनी कोल्डस्टोर्समा भण्डारण गर्ने र बजारमा पठाउने कामले उनलाई आफ्नो पक्षमा उभिन नेकपामा जिल्ला नेता तथा पूर्व माननीयहरुले लगातार गरिरहेको फोनलाई उठाएका छैनन् । विगतमा उनले ती नेतालाई पटक पटक फोन गर्थै तर कहिल्यै फोन उठाउँदैनथे, नत कलव्याकनैं गर्थे । तर अहिले परिस्थति बदलिएछ, अहिले उनीहरुले ती स्वार्थी नेताले गरेको फोन उठाँदैनन् ।

हामी पहिला जहाँ थियौं, त्यही छौं, तर उनीहरु मात्रै एता र उता गरिरहेका छन् । आलेले प्रदेशखबरसँग भने । कोल्डस्टोर्समा प्याकिंग गरिएका जुनार र सुन्तला मिलाउँदै गरेका उनलाई अन्य कुरा गर्न फुर्सद पनि छैन । जुनार बिक्रेताका फोन निरन्तर आइरहन्छन् । अहिले उनको बगैंचाको जुनार काठमाडौ पोखरा, नारायणघाट र विराटनगरसम्म पुगेको छ ।
विगतमा ठुला ठुला दाना सुन्तला फलेका थिए, यसपाली भने खैं किन हो साना साना दाना भए, उत्पादन पनि घटेको छ, उनले दुखेसो पोखे ।

प्रदेशखबर सहकर्मीले उनकै बगैंचामा पुगेर गरेको यो सानो फोटो रिपोर्ट ।






