विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज बाँस्तोला मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ

विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।