पार्टी एकता टुट्नुमा ओली दोषी रहेको प्रचण्डको आरोप

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदान र संघर्षपछि प्राप्त गरेको संविधान संकटमा परेको भन्दै त्यसको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्।

नेकपा काठमाडौँ जिल्ला कमिटिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा सहमतिमै गरेको भन्दै विगत र भविष्यको मार्गलाई निर्धारण गरेरै एकता गरेको बताए।

दाहालले एकता टुट्नुमा ओली दोषी रहेको आरोपसमेत लगाएका थिए। साथै दाहालले निर्वाचन आयोगमा आफूहरु आधिकारिक प्रमाणित हुने बताए।