सिन्धुली नेकपाका निर्वाचित जनप्रतिनिधी र पार्टी कमिटी को कतातिर !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद जिल्ला तहमा पनि उग्र बनेको छ । केन्द्रमा दुई अध्यक्ष दुइतीर विभाजित भएपछि प्रदेश , जिल्ला र स्थानीय तहमा पनि नेताहरु एक अर्का समूहमा क्लियर भएर देखिन थालेका छन् ।
सिन्धुलीमा नेकपाका अध्यक्ष लेखनाथ दाहाल ( राजन) र सचिव प्रदीप कुमार कटुवाल फरक – फरक समुहमा लागेका छन् । पार्टी एकता हुनुअघि पूर्व माओवादीका नेता दाहाल र पूर्व एमालेका नेता कटुवाल अहिले फरक–फरक समुहमा देखिएका हुन । प्रदेश सांसदसमेत रहेका लेखनाथ दाहाल ( राजन) प्रचण्ड–नेपाल समुहमा लागेका छन् भने प्रदेश सभा सदस्यनैंं रहेका प्रदीप कटुवाल ओली समुहमा लागेका छन् । कटुवाल लाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्दीय सदस्य बनाएको छ ।
नेकपाको जिल्ला नेतृत्व मात्र हैन केन्द्रिय, प्रदेश कमिटी, गाउँपालिका तथा नगरपालिकामा कमिटी र जनप्रतिनिधीहरुले दबाबमा परेर आफ्नो लाइन क्लियर गरेका हुन् । सिन्धुलीबाट पूर्व एमालेका गणेश पहाडी , गोमा देवकोटा, उमादेबी कोइराला र कमलजंग राई दनुवार केन्द्रिय सदस्य रहेका थिए भने, पूर्व माओबादी केन्द्रका तर्फबाट हरीबोल गजुरेल, मनोज जंग थापा, लेखनाथ दाहाल (राजन) र बिशमलाल अधिकारी दनुवार रहेका थिए । माओवादी पृष्ठभूमीका नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज विशमलाल अधिकारी दनुवारले ओली समुहको अगुवाई गर्दैआएकाछन् ।
त्यसैगरी पार्टी एकता भन्दा अगाडी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा हाल सुनकोसी गाउँपालिका संगठन कमिटीका इन्र्चाज समेत रहेका कमल दाहाल पनि ओली समुहमा आइपुगेका छन् । पुर्व एमालेका गोमा देवकोटा, उमादेवी कोइरालापनि सत्तारुढ नेकपामैं उभिएका छन् भने गणेश पहाडी र कमलजंग राई दनुवार माधव–प्रचण्ड समुहमा रहेर आफ्नो गतिविधी गरिरहेकाछन् । सत्तारुढ नेकपाले भने पछिल्लो समय कुशल संगठनक शान्तिमान कार्की, निरु दर्लामी, डम्बर कार्की, कौशल कोइरालालाई केन्द्रीय सदस्यमा थप गरेर संगठनलाई गतिशिल बनाउने प्रयत्न गरेको देखिन्छ । नेपाल नेतृत्वको नेकपाले भने अहिलसम्म कसैलाई केन्द्रीय सदस्यमा थप गरेको छैन । गाउँ नगर रजनप्रतिनिधीहरु सिन्धुलीका ९ वटा स्थानीय तहमा एमाले माओवादीको भागबण्डाको आधारमा नेतृत्व चयन गरिएको थियो । एमाले माओवादीको भागमा इन्र्चाज सह–ईन्र्चाज र अध्यक्ष सचिव मानोनित गरेर जिम्बेवारी तोकिएको थियो । सिन्धुलीको सदरमुकाम समेत रहेको कमलामाई नगर कमिटीको इन्चार्जमा महेन्द्रदेव श्रेष्ठ र सह¬–इन्चार्जमा यमकुमार देवकाटो रहेका थिए । अहिले श्रेष्ठ सत्तारुढ समुहमा लागेका छन् भने सह–इन्चार्ज देवकोटा नेपाल नेतृत्वको नेकपामा सक्रिय भएका छन् । यता, एमालेबाट अध्यक्ष बनेका सूर्य पाख्रीन र माओबादी बाट सचिव बनेका शेरबहादुर कार्की दुबै जान नेपाल समुहमैं देखिएका छन् ।
त्यसैगरी, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री नेपाल समुहमा उभिएका छन् भने उप–मेयर मञ्जु देवकोटा र ८ जना वडा अध्यक्षहरु मध्ये ६ जना ओली समुहमा खुलेरै लागेको देखिएको छ भने २ जना अर्को समुहमा खुलेका छन् । सत्तारुढ नेकपामा लाग्नेहरुमा खड्ग चौलागाई, टिका मोक्तान, रामबहादुर थिङ, देवराज पौडेल, रामहरी ढुंगेल (कैलाश) र ललित आले रहेका छन् । त्यसैगरी कर्ण घिसिङ र नवराज थिङ नेकपाको नेपाल नेतृत्वमा लागेकाछन् ।
दुधौली नगरपालिकामा पार्टी एकिकरण पश्चात बनेको कमिटिमा नेकपाका दुधौली नगरकमिटीका इञ्चार्ज मात्रिका भट्टराई (बसन्त) र दुधौली नगर कमिटिका सचिव दिपक खड्का नेकपाको नेपाल नेतृत्वमा उभिएका छन्, भने नगर कमिटी अध्यक्ष लक्ष्मण कार्की सत्तारुढ नेकपाको पक्षमा उभिएका छन् ।
दुधौलीका नेकपाबाट निर्वाचनमा होमिएका वडा नं. ६ का वडा अध्यक्ष लालबहादुर घिसिङ बाहेक सबै वडा अध्यक्षहरुले सत्तारुढ नेकपालाई सघाउने भन्दै निर्णयमा हस्ताक्षर समेत गरेका छन् । तर केही वडा अध्यक्षहरुले भने आफुहरुलाई झुक्याएर संकटमा परेको बताउने गरेका छन् । दुधौली नगरपालिकाका वडा नंं ८ का वडा अध्यक्ष मोहन चन्द्र दाहाल, वडा नंं ६ का वडा अध्यक्ष लाल बहादुर घिसिङ, वडा नं. ९ का वडा अध्यक्ष रामकुमार अधिकारी(दनुवार), वडा नं. १० का दुर्गाबहादुर देवकोटा र वडा नं. ११ का कुमार लामा दाहाल नेपाल समुहमा नजिक भएका छन् । वडा नं. २ का वडा अध्यक्ष रितेश राउत, वडा नं. ३ का साने धामी, वडा नंं. ४ का दुर्गाबहादुर राउत, वडा नं. १२ का बाघसिह पाख्रीन र वडा नं. १४ का वडा अध्यक्ष लिलबहादुर थापा मगर ओली पक्षमा नजिक भएका छन् । यस्तै नेकपा बाट निर्वाचनको टिकट पाई जनप्रतिनिधि भएका दुधौलीका नगर प्रमुख घनश्याम राउत र उप प्रमुख बालकुमारी अधिकारी सत्तारुढ नेकपामै खुलेर लागेकाछन् ।
तीनपाटन गाउँ संगठन कमिटीका इन्चार्ज अशोक पुलामी नेपाल समुहमा देखिएका छन भने सह–इन्चार्ज ओली समुहमा रहेका छन् । तीनपाटन गाउँपालिकामा एमालेबाट अध्यक्ष बनेका छत्र दाहाल ओली समुहमा लागेका छन् भने माओबादी बाट सचिव बनेका आनन्द कार्की माधव समुहमा लागेका छन् ।
यता, तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङ सहित ६ जना वडा अध्यक्षहरु ओली समुहमा रहेका छन । ओली समुहमा गोबिन्द राउत, हेम बहादुर श्रेष्ठ, शेरबहादुर मगर, कोमल बहादुर खपाङ्गी, रेखराज अधिकारी र हितलाल श्रेष्ठ हुन । तीनपान गाउँपालिकामा एमाले बाट निर्वाचित सबै वडा अध्यक्षहरु ओली नेतृत्वको नेकपामै रहेका छन् भने माओवादी बाट बिजयी दिनेश रमौली अदालतको निर्णयपछि मात्रै कुन समूहमा लाग्ने भनेर निक्र्यौल गर्ने बताउँछन् । तीनपाटन गाउँपालिकामा नेकपा को उपाध्यक्ष सहित ७ वडा अध्यक्ष रहेका थिए ।
नेकपा फिक्कलका इन्चार्ज धिरज रजन र सह–इन्र्चाज पार्वती सुनुवार पनि ओली समुहमा लागेका छन् । धिरज पूर्व माओवादी पृष्ठभूमीका हुन भने सुनुवार गाउँपालिका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्ष समेत रहेकी थिइन् । तर, फिक्कल गाउँ संगठन कमिटीका अध्यक्ष रामप्रसाद भण्डारी र मुरारी भण्डारी दाहाल नेपाल समुहमा लागेका छन् तर अहिले उनीहरु आफुहरु पनि एकै ठाउँमा बस्ने अबस्थामा पुगेको निश्कर्ष निकालिएको छ ।
यता, नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य समेत रहेका गणेश पहाडीको अधार क्षेत्र अर्थात भूगोल फिक्कल गाउँपालिकाका सबै जनप्रतिनिधीहरु समुहिक रुपमा ओली समुहमा लाग्ने निर्णय गरेका छन । गाउँपालिका अध्यक्ष धनबहादुर कार्की, वडा अध्यक्षहरु शंकर भण्डारी, टेकबहादुर रजन, गोपाल आले र राजु बराल पनि ओली समुहमा लागेका छन । ६ वटा वडा रहेको फिक्कल गाउँपालिकामा एमालेबाट गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ४ वडामा बिजय हाँसिल गरेको थियो भने २ वटा वडामा कांग्रेस विजय भएको थियो ।
नेकपा गोलन्जोर गाउँ संगठन कमिटीका यन्चार्ज शंकर बराल सत्तारुढ नेकपा र सह इन्चार्ज नेपाल दाहाल पक्षमा लागेका छन् । त्यस्तै अध्यक्ष कृष्णप्रसाद पोख्रेल (केपी) माधव ्समुहमा लाागेका छन भने सचिव रेगन थापा कुनै पनि समुहमा लागेका छैनन् ।
यता गोलन्जोर गाउँपालिकामा बिजय नेकपाका ३ वडा अध्यक्ष मध्ये वडा नं. १ का अध्यक्ष बिर बहादुर सुनुवार दाहाल नेपाल समुहमा लागेका छन भने , वडा नं.७ का अध्यक्ष रोम बहादुर देवकोटा (सुवास) ओली समुहमा लागेका छन । तर वडा नं ४ तीनकन्याका वडा अध्यक्ष बेगबहादुर गौदासे मगर (गोपाल) नेकपाको नाम र चुनाव चिन्ह सुर्य जस्ले पाउँछ उसैलाई समर्थन गर्ने र तत्काल कुनैपनि समुहमा सामेल नहुने बताएका छन् । मगर र देवकोटा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन भने सुनुवार मओवादीबाट निर्वाचित भएका थिए ।
त्यसैगरी, सुनकोसी गाउँ संगठन कमिटी इन्चार्ज रामकृष्ण श्रेष्ठ ओली र सह–इन्र्चाज दिपा बोहोरा दाहाल माधव प्रचण्ड समुहमा लागेका छन् । माओवादी समुहबाट पार्टी अध्यक्ष बनेका रोमराज गिरी (अशोक) र एमालेबाट सचिव बनेका लोकबहादुर थापा (नारायण) दुबै ओली नेतृत्वको नेकपामा सक्रिय भएकाछन् ।
यता गाउँपालिका उपाध्यक्ष दीर्बुसिंह मुक्तान सहित वडा अध्यक्षहरु सन्तोष दाहाल, बिर्मश मोक्तान र लालबहादुर गोले नेपाल समुहमा रहेका छन् भने वडा नं.६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना र वडा नं. ४ का अध्यक्ष ओली समुहमा लागेकाछन् ।
त्यसैगरी माओवादी बाट घ्याङ्लेक गाउँ संगठन कमिटको अध्यक्ष बनेका शंखरमान घलान माधव समुहमा लागेका छन्भने, एमाले बाट सचिव बनेका दिनेश लो ओली नेतृत्वमा आउने भन्दै जिल्ला नेतृत्वलाई विश्वस्त तुल्याएकाछन् ।
त्यसैगरी मरिन र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्षहरु नेपाल नेतृत्वको नेकपामा लागेकाछन् । हरिहरपुरगढी पार्टी गाउँकमिटी नेपाल पक्षमाा उभिएको छ भने मरिण गाउँपालिकाको पार्टी कमिटीका अध्यक्ष नेपाल पक्षतीर छन्भने इन्चार्ज र सचिवसहित बहुमत सदस्य ओलीतिर लागेको थाहा लागेको छ ।

पहाडीलाई स्थानीयको दबाब
एमालेबाट निर्वाचित संघीय सांसद गणेश पहाडीलाई सत्तारुढ नेकपामा लाग्न चौतर्फी दबाब परेको छ । फिक्कल गाउँकमिटी र उनका विगतका सबै सहयोगीहरु ओली पक्षमा उभिएपछि उनलाई पुरानै ठाउँमा फर्कन दबाब परेको हो । फिक्कलका पार्टी इन्चार्ज घिरज र गाउँपालिका अध्यक्ष कार्की मात्रै होइन वडा अध्यक्ष राजु बराल पनि पहाडी नेपाल नेतृत्वको नेकपामा नरहने बताउँछन् । केही समय लाग्छ, उनी हामीसँगै रहन्छन्, वरालले जनप्रियसँग भने । स्रोतका अनुसार जिल्ला अध्यक्ष राजन दाहाललाई हटाएर सचिव प्रदीप कटुवाललाई अध्यक्ष चयन गरेको सत्तारुढ नेकपाले अरुलाई कारबाही वा निश्कासन गरेको छैन । त्यसैगरी नेपाल नेतृत्वको नेकपाले भने कस्लाई जिल्ला अध्यक्ष बनाउने भनेर निक्र्यौल नगरेपनि नगरप्रमुख खड्ग खत्रीलाई बनाउने करिव करिव निश्चित भएको छ । त्यही कुराको टुंगो लगाउन खत्रीलाई स्थायी समिति सदस्य हरिवोल गजुरेल र केस गणेश पहाडीले काठमाडौ बोलाएको थाहा लागेको छ । केही दिनभित्रै माथिबाटै अध्यक्ष तोकिने स्रोतले दावी गरेको छ ।

आज प्रकाशित सन्देश जनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।