सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय व्यवसायी टंकवहादुर कार्की र राजन भुजेलले टिसर्ट, ट्राउजर र ट्रयाकसुट वितरण गरेकाछन् । विद्यालयलाई निरन्तर सहयोगगर्दै आएका कार्की र भुजेलले जाडोका समयमा कलिला बालवालिकालाई आज सो कपडा वितरण गरेका थिए । कक्षा १ का ३१ जना र कक्षा २ मा अध्धयनरत ३३ जना वालवालिकालाई सो कपडा वितरणगर्दै उनीहरुले आफ्नो सहयोगले वालवालिकालाई जाडोबाट जोगाउन सहयोग पुगोस् भन्ने अपेक्षा गरेको बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले सहयोगी मनहरु टंकवहादुर कार्की र राजन भुजेलप्रति आभार व्यक्त गरेका थिए ।



