कुनै पनि उक्साहट र भ्रममा नपरी भोलीको कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई नेता कटुवालको अपील

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला संगठन कमिटीले भोली सोमवार जिल्ला भेलाको आयोजना गरेको छ । केन्द्रीय सदस्य एवम् जिल्ला सचिव प्रदीप कटुवालले अहिलेको विषम परिस्थितिमा नेकपामा देखिएको फुटपरस्त गतिविधी र पार्टी भित्र बढ्दै गएको अराजकता र आगामी कार्यदिशाका सन्दर्भमा आम नेता कार्यकर्तालाई जानकारी गराउन आवश्यक भएकाले जिल्ला बैठक तथा भेलाको आयोजना गर्नुपरेको जानकारी दिए ।
उनले पार्टीले आयोजना गरेको कार्यक्रमका विषयमा भ्रम छर्ने कामहरु भएको बताउँदै तोकिएकै समय र स्थानमा हुने कार्यक्रममा निर्बाध रुपमा उपस्थित हुन सबै स्थानीय नेता कार्यकर्ता, जनवर्गिय संगठन र मोर्चा सम्वद्ध सबैमा अपीलसमेत गरेकाछन् ।
जता केपी ओली, त्यही नेकपा त्यही नेकपा र त्यही सूर्य चिन्ह हुने भएकाले कुनै पनि उक्साहट र भ्रममा नपरी जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अत्यन्त निडरताका साथ कार्यक्रममा उपस्थित हुन नेता कटुवालले आग्रह गरेका हुन् ।