कमलामाईद्धारा जनयुद्ध तथा जनआन्दोलनका शहिद, वेपत्ता र घाइेतेको स्वास्थ्य बिमा

सिन्धुली/कमलामाई नगरपालिकाले सशस्त्र संघर्ष एवम् जनआन्दोलनका क्रममा घाइते, अपांग एवम् शहिद परिकार सदस्यहरुका लागि भन्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेका समाजिक विकास शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले यसै आर्थिक वर्षमा नगरपालिका क्षेत्रबाट जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहिद भएका, वेपत्ता पारिएका र अपांग घाइेते बनेका ५६ घर परिवारको स्वाथ्य बिमा गरिदिएको छ । ५६ परिवारका झण्डै १ सय ५० जनाको स्वास्थ्य बिमा गरेको छ ।
नगरपालिकाले नेकपाका वाग्मती प्रदेश कमिटी सदस्य धुर्व देवकोटाको संयोजकत्वमा एक समिति बनाएर स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाएको सामाजिक शाखा बबिन्द्रलाल माझीले जानकारी दिए । एकै घर परिवारका १३ हजार ३०० सय र न्यूनतम् ५ परिवारको ३५०० सयका दरले न्यूनतम् १ लाख र अधिकतम् १ लाख ५० हजारसम्मको विमा गरिएको हो । अन्य स्थानीय निकायले शहिद तथा वेपत्ता परिवारजनलाई कुनै पनि सुविधाहरु नपाएका बेला कमलामाई नगरपालिकाका तर्फबाट गरिएको स्वास्थय बिमा कार्यक्रमलाई उनीहरुले उत्साहका रुपमा लिएको नगरप्रमुख खड्गवहादुर खत्रीले सन्देश जनप्रियसँगको कुराकानीमा भने ।