नेपाली नागरिकलाई अलमलमा पार्ने सत्ता पक्ष र बिपक्षका अभिब्यक्ति

नेपाली राजनीतिमा सत्तापक्ष र प्रतिपक्षमा हुँदा कुन नेताले के अभिब्यक्ति दिए भन्ने कुरा खोज्ने हो भने आजको घटनाक्रममा हरेक नागरिकलाई अलमलमा पार्न सकिन्छ । किनकि नेताहरुको बोलीमा सत्ता पक्ष र बिपक्षमा रहँदा फरक हुन्छ ।

गत आम निर्वाचनमा स्पष्ट बहुमतसहित संसदमा ६४ प्रतिशत मतको नेता रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाएर संसदलाई फेरि अस्थिरताको बहाक बनाउने र सांसद किनवेचको थलो बनाएर मुलुुकलाई तहस नहस बनाउने षडयन्त्र भएपछि त्यसलाई बिफल बनाउन संसद बिघटन गर्नुभयो । संबिधानले नै सरकार बन्न नसक्ने अवस्थामा पाँच् बर्ष अगावै प्रधानमन्त्रीले संसद बिघटन गर्ने स्पष्ट बाटो दिएको आधारमा प्रधानमन्त्री ओलीले बिघटनको सिफारिश गर्नुभयो ।

राष्ट्रपतिले सरकारको सिफारिश कार्यान्वयन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोक्नुभएको छ । प्रधानमन्त्रीको यो कदमपछि संसदमा किनवेच गर्न नपाइने र आफूहरु स्वदेसी बिदेसी प्रतिक्रियावादी रिझाएर मुलुक र जनताको आशामाति पानी हाल्न खुट्टा उचालेर बस्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल मर्माहत हुनुभयो । उहाँहरु अदालत पुग्नुभयो ।

अहिले अदालतमा यो बिषय बिचाराधिन रहेको छ । तर प्रचण्ड–माधव नेपालहरु भने प्रतिनिधिसभा पुनःस्थापना नभए आफूहरुको दल र आफूहरु सर्वनास हुने भन्दै अदालतलाई धम्याइरहनु भएको छ । प्रचण्डले त भारतको हस्तक्षेपलाई खुला रुपमा आमन्त्रण नै गर्नुभएको छ । कुनैबेला नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भन्नुभएको थियो, ‘प्रचण्ड भारतको कठपुलती हुन, उनीबाट भारतको हितबाहेक केही हुन्न ।’ उहाँको पछिल्लो अभिब्यक्तिले पाका नेता बिजुक्छेको यो भनाई सवैलाई झल्झली सम्झाई रहेको छ । अदालतमा यही बिवाद चलिरहँदा प्रचण्ड र माधवको मुखपत्र बनेको नेपाली मिडियाहरुले मिसन बनाएर संबिधानसभा अध्यक्ष तथा सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङको पुरानो भिडियो जोडेर अदालतलाई प्रभावित पार्न खोजेको छ ।

उनीहरुले सामान्यतया संसद बिघटन गर्न नमिल्ने बिषयमा नेम्वाङले बोलेको बिषयलाई आफ्नो मिडियाको मुख्य समाचार बनाउँदै नेकपाभित्रै बिवाद छ कि भन्ने देखाइ रहेका छन । तर बिगतको कुरा गर्दा प्रचण्डले माधव नेपाल र झलनाथ खनालमाथि लगाउनु भएको गम्भीर आरोप के थियो ? माधव र झलनाथले प्रचण्डमाथि कस्तो आरोप लगाउनु भएको थियो भन्ने तथ्य बिर्सिएका छन । संबैधानिक समितिको प्रमुख छाडेर प्रचण्डलाई नै बिस्थापित गर्दै माधव नेपाल प्रधानमन्त्री बन्नुभएपछि प्रचण्डले माधव नेपालमाथि लगाउनु भएको आरोप के थियो ? सवैलाई प्रष्टै छ ।

त्यसबेला प्रचण्डले भन्नुभएको थियो, ‘माधव नेपाल भारतीय दलल नै हुन, भारतको कठपुतली हुन, समकालीन नेपाली राजनीतिज्ञको कुरा गर्दा माधव भन्दा बेइमानी मान्छे अर्काे छैन ।’
आज सुवास नेम्वाङको पुरानो भिडियो भाइरल बनाइ रहँदा माधव भारतको दलाल नै हुन भन्ने प्रचण्डको भिडिया यूटुवतिर जताततै भेटिन्छन । यत्तिसम्म कि खुलामञ्चबाट माधव नेपालबिरुद्ध प्रचण्डले बोलेको कुरा पनि प्रष्टै छ । माधव र प्रचण्डका कार्यकर्ता बनेर अनलाइनमा समाचार लेख्नेहरुकै सिको गरेर हेडलाइन बनाउँदा प्रष्टै राख्न सकिन्छ, ‘प्रचण्डले भने–माधव नेपाल भारतीय दलाल हुन, माधवको बिश्वास गर्नु भनेको सर्पलाई दुध खुवाएर बचाउनु हो ।’

यो कुरा बिगतमा प्रचण्डले पटक पटक भन्नुभएका थियो, अहिले सुवास नेम्वाङलाई बिवादमा ल्याउन पुरानो भिडियोको समाचार बनाउनेहरुले प्रचण्डले माधवबारे बोलेको त्यो भिडियोको समाचार बनाउलान कि नबलाउलान ? हेर्न बाँकी छ ।

दिपा भण्डारी