उत्तर र दक्षिणका छिमेकीहरुको आर्शिवाद थापेर आन्दोलन सफल बनाउछु भन्ने प्रबृति स्वीकार्य हुन सक्दैन: शान्तिमान कार्की

शान्तिमान कार्की

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)फुटेकोमा र फुटाउन पाएकोमा सडक तिर उफ्रने भिड देखेर दंगदास हुनेहरुको खुसि क्षणिक हुनेछ,किनकी यो असफल भईसकेको छ।संसद बिघटन भईसकेको अबस्थामा ताजा जनादेश नै अहिलेको सर्वोत्तम र उचित निकाश हो ,आन्दोलन गरेर सडकबाटै संसद बउरान खोज्दा चुनावको समय लम्बिदै जानेछ,तोकेको समयमा चुनाव असम्भव हुनेछ ।

सम्बिधान मैले बनाएको हु भन्नेहरुले नै गैर संसदीय चरित्र देखाएर षडयन्त्रकारी ढंगले सरकार मात्रै ढलाउने र बनाउने काम मात्रै सांसद हुनुको पहिचान हो भने झै गर्न थालेको देखिनु असोभनिय कार्य हो। अस्थिरतावादी शक्तिहरुको यस्तो कामले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सम्बिधान असफल बन्छ कि भन्ने आसंका पनि पैदा भएको छ।सडकबादीहरुले अदालतमा बिचारिधिन रहेको बिषयलाई अदालतबाट हैन सडकबाटै फैसला गराउन दबाब दिईरहेका छन् ।

यसले देशलाई झनै अध्यारो दिशामा धकेल्ने निश्चित छ। समयमै चुनाव गरेर ताजा जनादेश लिने बाटो नै सर्बोत्कृष्ट लोकतान्त्रतिक र संबैधानिक बिधि हो।संसद भनेको केहि दर्जन मान्छेको लागि जागिर खाने र षडयन्त्र गरेर देशलाई अस्थिरताको बन्दि बनाउने थलो बन्न नदिने हो भने चुनाव अनिवार्य छ। सडकमा भिड देखेर आफु सहि छु भन्ने हो भने पनि लोकप्रियताको जाच गर्ने थलो सडक हुन सक्दैन चुनाव नै हो।

प्रम कामरेड केपी ओलीलाई प्रतिगामी र षडयन्त्रकारी र अलोकप्रिय भएर संसद बिघटन गरेको आक्षेप लगाउनेहरु चै घोषित चुनावबाट भागेर सडकनाच किन गर्नु ? अलोकप्रिय मान्छेले नेतृत्व गरेको पार्टी र समुहलाई चुनावबाटै पराजित गरेर आफ्नो बहुमत सिद्ध गर्न के को डर ? कहिले उत्तर र कहिले दक्षिणका छिमेकी शासकहरुको आर्शिवाद थापेर आन्दोलन सफल बनाउछु भन्ने प्रबृति नेपाली जनताई कदापी स्वीकार्य हुन सक्दैन।

हाम्रो देशको संघीय संसदको निर्माणको लागि चुनाव हुनै पर्छ।चुनाव लोकतंन्रको गहना हो ,लोकतान्त्रिक शासन ब्यवस्थाको सर्बोत्तम बिधि नमान्नेहरुले मात्रै सडकमा विस्वाश गर्छन्।जसले चुनावको बिरोध गर्छ त्यो लोकतंत्र बिरोधी र निरंकुस हो।यो देशको स्थायित्व र समृद्घीको बाधक हो ।संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि तोकिएको समयमा चुनाव जसरी पनि हुनै पर्छ।

चुनावले मात्रै सम्पूर्ण नेपाली जनताको भाग्य र भबिष्यको उत्तरोत्तर प्रगतिको ग्यारेण्टी गर्न सक्छ।आन्दोलनलाई जसरी सत्ताको सिंढी उक्लने साधन बनाउने त्यो सम्भब नभए चुनावी जनमत निर्माणको आधार बनाउने षडयन्त्रकारी मानसिकता प्रष्टै देखिन्छ।यसर्थ कुनै बहाना नबनाई बिनाशर्त दलहरुले चुनावमा भाग लिनै पर्छ।समयमै चुनाव गर्नै पर्छ। अन्यथा बुढी मरि भन्ने पिर हैन काल पल्केला भन्ने डर मान्नु,भाडाको सडक आन्दोलन चुनावको बिकल्प हुन सक्दैन। अस्तु,निर्भया मस्तु!