रौतहटको श्रीराम चिनी उद्योगले पहिलो चरणमा किसानको खातामा हाल्यो १६ करोड ४४ लाख, अन्नपूर्णका संचालक अग्रवाल फरार

रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।
उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको पत्रकार फणि महतले जानकारी दिएकाछन् ।
शुक्रबार अन्तिममा श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रकम ५५ सय किसानको खातामा हालिदिएको हो। ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ।

Farmers demand not to close Shree Ram Sugar Mill in Rautahat - NPD English

किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताए ।

‘त्यसैगरी सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाले उनको खोजी पनि शुरु गरिसकिएको बताए । ‘हामीले उनको खोजी तदारुकताका साथ गरिरहेका छौं,’ उनले भने ।

अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी
अन्नपूर्ण चिनी उद्योग

उखु किसानको १७ करोड राकेश अग्रवालले तिर्न बाँकी छ । किसानले गत बुधबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा जाहेरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी आदेश जारी गरिएको हो ।

अन्‍नपूर्ण चिनी उद्योग सञ्‍चालकलाई स्थानीय प्रशासनको पक्राउ पुर्जी- प्रदेश  २ - कान्तिपुर समाचार
जिल्ला प्रशासन कार्यालय, सर्लाही