बिवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली प्रचण्ड निवास जाँदै

पार्टी भित्रको आन्तरिक विवाद छरपष्ट भएर उत्कर्षमा पुगेको तथा आफू संकटमा आएको बेला प्रधानधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारमा केही समयपछि जाँदैछन् ।

ओली शनिबार बिहान १० बजेपछि प्रचण्डसँगको भेटका लागि उनकै निवास खुमलटार जान लागेको बालुवाटार स्रोतले प्रदेशखबरलाई जानकारी दिएको छ ।

त्यसपछि बालुवाटार र खुमलटारको सुरक्षाका लागि खटिएका टोलीबिच समन्वय भई सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुई अध्यक्षबिच बालुवाटारमा भेट भएको थियो । त्यसपछि शनिबार संकट समाधानको प्रयास स्वरुप भइरहेको वार्तालाई अघि बढाउन ओली खुमलटार जान लागेका हुन् ।