ओलीलाई व्यक्तिवाद र गुटवाद तुरुन्त त्याग्न नेता नेपालको आग्रह

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमा रहेको अति व्यक्तिवाद र गुटवाद तुरुन्त त्याग्न फेरि एक पटक आग्रह गरेका छन्।

ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव फिर्ता हुनुपर्ने र माफी माग्नुपर्ने भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति आफ्नो गम्भीर आपत्ती रहेको बताएका छन्।

बिहीबार सचिवालय बैठकमा नेता नेपालले पार्टी एकता ओली र प्रचण्डको मात्रै नभएकाले प्रचण्डद्धारा पेश गरिएको प्रस्तावमाथि छलफल हुनुपर्ने माग गरेका थिए।

स्रोतका अनुसार नेपालले ओलीलाई लक्षित गर्दै भनेका थिए,‘तपाईँमा अति नै व्यक्तिवाद मौलायो। त्यो त्याग्नुहोस्। तपाईँमा गुटवाद पनि निकै फस्टायो। त्यो पनि त्याग्नुहोस्। सचिवालयमा पेश भएका दुबै प्रस्तावमाथि छलफल हुनुपर्छ। छलफलको उपयुक्त माध्यम कमिटी बैठक नै हो। बैठक छल्न पाइँदैन।’