रोनाल्डोको दुई गोलले युभेन्टस विजयी

इटालियन सिरीज ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी एकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका हुन् । उनले ३८ र ४२ औँ मिनेटमा गोल गरेका हुन् । रोनाल्डोल अहिलेसम्म यो सिजन सिरी ए मा खेलेका पाँचै खेलमा गोल गरेका छन् ।

जितपछि दोस्रो स्थानको युभेन्टसको ८ खेलबाट १६ अंक भएको छ । शीर्ष स्थानको एसी मिलानको सात खेलबाट १७ अंक छ ।