ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु


सिन्धुलीको दुधौली नगरपालिका वडा नं, ५ सिर्थौलीको भित्री कच्चि सडकमा शनिवार ट्रयाक्टर दुर्घटना हुदाँ चालकको ज्यान गएको दुघौलीबाट पत्रकार रविन्द्र भट्टराईले जानकारी दिएका छन् । सिर्थौलि नंयाटोल स्थित भित्री कच्चि सडक खण्डमा सिर्थौलि नंयाटोलबाट छपाहा तर्फ जांदै गरेको ना.५.त. १९५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
उक्त ट्रयाक्टर गोबर मल लिन जादै गर्दा अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुंदा ट्याक्टर चालक दुधौली न.पा.५ छपाहा बस्ने बर्ष २१ को बियसकुमार दनुवारको मृत्यु भएको छ । दनुवारको टाउको र छातिमा चोट लागेको र दुबै कान बाट रगतबगी गंम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते भएका दनुवारलाई स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलिमा प्रथमिक उपचार गरि जिल्ला अस्पताल सिन्धुल लगिएको थियो । जिल्ला अस्पताल नपुग्दै उनको बाटैमा मृत्यु भएको हो ।