राजसंस्था र हिन्दु राज्यका पक्षमा राजधानीमा राष्ट्रिय झण्डासहित प्रदर्शन

काठमाडौँमा मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको छ। उनीहरुले राजसंस्था र हिन्दु राज्यका पक्षमा नाराबाजी गरेका थिए।

मातृभूमि संरक्षण नेपालको आयोजनामा हनुमानढोकामा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो।

राष्ट्रवादको नाराले सुख पाउँछ साराले नारासहित भएको प्रदर्शनमा युवाहरु राष्ट्रिय झण्डासहित सहभागी भएका थिए।

उनीहरुले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाका लागि प्रदर्शन गरेको बताएका छन् ।